वि. स. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिए अनुरुप  प्रदेश नं. ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरि १२ वटा जिल्लाहरू रहने व्यवस्था गरेको छ।

प्रदेशको समग्र आर्थिक विकास र जीवनस्तर उकास्न प्रादेशिक सडक, आवास, भवन तथा शहरी विकास, जलश्रोत तथा सिंचाइ एवम् खानेपानी तथा सरसफाइको पूर्वाधार निर्माण कार्य तथा आधारभूत सेवा सुधार र यातायात व्यवस्थाको लागि यस प्रदेशमा मिति २०७४/१०/१९ मा भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो ।

यस मन्त्रालय अन्तर्गत प्रादेशिक सडक तथा यातायात व्यवस्था, ग्रामिण सडक तथा पुल, आवास भवन तथा शहरी विकास, सिंचाइ तथा उर्जा, खानेपानी तथा सरसफाइ र प्रशासन तथा अनुगमन गरी ६ वटा महाशाखा रहेका छन् । आ.ब. २०७५/७६ देखी १ वटा निर्देशनालय र ४० वटा कार्यालयहरु स्थापना गरी १२ वटै जिल्लामा मन्त्रालयले सेवा प्रदान गर्दै आएको छ ।

कर्मचारीको विवरण अद्यावधिक पोर्टल

staff